SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

रास्वपाका सभापति लामिछानेले गरे धार्मिक अगुवासँग छलफल

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाल‍, मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन् ।त्यस्तै सामाजिक सद्भाव कायम राख्न सभापति लामिछानेले एकसाथ उनीहरुसँग छलफल गरेका हुन्।