धर्मको नाममा गरीने घृणाले कसैको भलो हुदैन: निश्चल बस्नेत
काठमाडौँ । चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले धर्मको नाममा घृणा फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै सबै नेपालीलाई आपसी सद्भाव र एकतामा रहन आग्रह गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।
