SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

पाकिस्तानको कोइला खानीमा विस्फोट, ३४ मजदुरको मृत्यु

एजेन्सी । दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा ३४ जना खानी मजदुरको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले शुक्रबार बिहान मृत्युको पुष्टि गर्दै अझै केही मजदुर बेपत्ता रहेकाले संयुक्त उद्धार अभियान निरन्तर जारी रहेको जनाएको छ ।