SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

धनुषामा सर्वदलीय–सर्वपक्षीय बैठक बस्ने

काठमाडौं । सुनसरी घटनापछि धनुषामा उत्पन्न असहज अवस्थालाई सामान्य बनाउन आज दिउँसो २ बजे प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय–सर्वपक्षीय बैठक बस्ने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकमा जिल्लाको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा अवस्था सहज बनाउने विषयमा छलफल हुनेछ ।