SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

धनुषामा एक जनाको हत्या

काठमाण्डु – धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ । धनुषाकै हंसपुर नगरपालिका–३ मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा हत्या भएको हो । उनी रघुनाथपुरस्थित फुपूको घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार उनी फूपुको घरमा खाना खाएर मन्दिरमा सुत्ने जाने गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी