जापानको कुमामोतो भूकम्पः मृतकको संख्या ३४ पुग्यो
एजेन्सी । जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । कुमामोतो प्रान्तीय सरकारले बिहीबार दिएको पछिल्लो जानकारीअनुसार खोजी तथा उद्धार कार्य जारी रहँदा मृतकको संख्यामा थप वृद्धि भएको हो ।
