अनलाइन हैन, लाइन बस्दा पनि पाइएन राहदानी
काठमाडौं : नेपालगन्ज–१९, बाँकेका रमेश पुनमगर बिहानै त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्छन्। तर, सर्भर चलेको छैन भन्दै कर्मचारीले उनलाई रित्तै फर्काइदिन्छन्।ईपीएस परीक्षाको फाराम भर्नुपर्ने भएकाले उनलाई जतिसक्दो चाँडो राहदानी चाहिएको छ। पाँच दिन धाउँदा पनि राहदानी हात नपरेपछि उनी चिन्तित छन्, किनकि ईपीएसको फाराम भर्ने म्याद अब तीन दिनमात्र बाँकी छ।
