SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

गृहमन्त्री र मृतक परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहिद घोषणा गर्ने र १० लाख दिने (पत्रसहित)

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ।गृहमन्त्रालयका अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।गृहमन्त्रीले हस्ताक्षर गरेको सहमति पत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ।