SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरो, निर्मल पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन

काठमाडौं : पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो जाँदा पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली सम्पर्कविहीन भएको छ। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएपछि कुनै आरोही सदस्यसँग सम्पर्क हुन नसकेको बीबीसीले जनाएको छ। टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपालीसहित विभिन्न देशका आरोही रहेका छन्।मौसम अनुकूल भए हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गरिने तयारी भइरहेको छ।