SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

संवेदनशील अवस्थामा पनि सरकारको मौनता शंकास्पद : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भत्र्सनायोग्य रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व भएको बताएका छन् ।उनले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति राज्य पक्षबाट भएको टिप्पणी गरेका छन् ।