सामाजिक सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले धार्मिक,सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्। बिहीबार सद्भाव सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाल निर्माणको सुरुदेखि नै नेपालीहरू मिलिजुली,हाँसीखुसी र आपसी प्रेमका साथ बस्दै आएको उल्लेख गर्दै नेपालको बहुजातीय,बहुभाषिक तथा बहुधार्मिक विशेषतालाई देशको पहिचान र गौरवका रूपमा जोगाउनुपर्ने बताएका छन्।
