SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

करार र ज्यालादारी श्रमिकको बहुप्राविधिक शिक्षालयमा धर्ना

स्याङ्जा : चापाकोट नगरपालिका १० मा रहेको किसान बहुप्राविधिक शिक्षालयमा कार्यरत श्रमिक र ज्यालादारी कर्मचारीले बिहीबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक किसान संघषं समितिले साउन १४ देखि २५ गते केन्द्रीय कार्यालय घेराउसम्मका चरणबद्ध आन्दोलन सार्वजनिक गर्दै बिहीवार पेन डाउन गरेका हुन।  यहाँ कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकको माग सम्बोधन गर्न भन्दै कार्यालय परिसरमा ब्यानर राखेर धर्ना दिएका छन्।