राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड बढेपछि कोरियन भाषा परीक्षाको आवेदनको समय बढाइयो
काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड बढेपछि कोरियन भाषा परीक्षाको आवेदनको समय पनि बढाइएको छ। ईपीएस कोरिया शाखाले आज सूचना जारी गरेर साउन २० गतेसम्म आवेदनको समय तोकेको हो।शाखाले २ दिन थप गरेको जनाएको छ। राहदानी विभागमा परेको अत्यधिक चापलाई न्यूनीकरण गर्न र योग्य तथा इच्छुक कुनै पनि नागरिक दरखास्त फाराम भर्नबाट बञ्चित हुन नदिन समयसीमा थप गरिएको कार्यालयले जनाएको छ।
