SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

इनफिनिक्सका स्मार्टफोन अब शून्य प्रतिशत ब्याजदरको ईएमआईमा उपलब्ध

काठमाडौं : इनफिनिक्स नेपालले आफ्ना स्मार्टफोनलाई अझ धेरै उपभोक्ताको पहुँचमा पुर्‍याउने उद्देश्यसहित ‘बिग फोन, स्मल पेमेन्ट्स’ अभियानअन्तर्गत शून्य प्रतिशत ब्याजदरको ईएमआई योजना सार्वजनिक गरेको छ।कम्पनीका अनुसार ग्राहकले छनोट गरिएका इनफिनिक्स स्मार्टफोन खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमार्फत भुक्तानी गर्न सक्नेछन्। यो सुविधा गुडविल फाइनान्ससँगको सहकार्यमा उपलब्ध गराइएको हो।