SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार ३ अर्बमा झर्यो

काठमाडौं : सेयर बजारमा आज पनि गिरावट आएको छ। नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा गिरावट आएको छ।  यसदिन ३३७ वटा स्क्रिप्सको  ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर ३ अर्ब ३८ करोड १३ लाख  १८ हजार २४८ रुपैयाँमा खरिदबिक्री भए। बुधबार   ४ अर्ब २ करोड बराबरको कारोबार भएको थियो।कारोबारमा आएकामध्ये ५९ वटा स्टक्सको मूल्य बढ्दा २०६ वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।