SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

चीनमा नेपालले जित्यो १२ स्वर्णसहित ३४ पदक, घिसिङ र श्रेष्ठ उत्कृष्ट

सान्या(चीन): चीनको सान्या सहरमा आयोजना भएको हाइनान बिच तेक्वान्दो ओपन च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित कुल ३४ पदक जित्न सफल भएको छ। सान्या तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा नेपाली खेलाडीहरूले ग्यारोगी, पुम्से, फिस्ट ब्रेकिङ र जम्प रोप विधामा कुल ३४ पदक हात पारेका हुन्। जुलाई २७ देखि २९ सम्म आयोजना भएको प्रतियोगितामा नेपालले १२ स्वर्ण, ८ रजत र १४ कास्य पदक जितेको छ। प्रतियोगितामा नेपालका अनुप शाक्य र हृदयानी बस्नेतले दोहोरो स्वर्ण हात पारेका छन्।