सुरक्षा र सद्भाव कायम गर्न राज्य पूर्ण रूपमा असफल भयो : एमाले
काठमाडौं । नेकपा (एमाले) ले शान्ति सुरक्षा र सद्भाव कायम गर्न राज्य पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले सुनसरी घटनामा राज्यले शान्ति सुरक्षा र सद्भाव कायम गर्न पूर्ण रूपमा असफल भन्दै संवाद र विश्वासको सट्टा राज्य आफैले त्रास सिर्जना गरी सुनसरी लगायतका क्षेत्रमा घटनालाई थप उत्तेजित बनाएको आरोप लगाएकी हुन् । उनले देशमा दङ्गा र अशान्ति भइरहँदा प्रधानमन्त्री बेखबर रहेको भन्दै आलोचना गरिन् ।
