SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक

काठमाडौं : नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड ले ११ लाख एफटीटीएच ग्राहकको ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस उपलब्धिसँगै कम्पनीले नेपालको एफटीटीएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा कायम गर्दै देशको डिजिटल रूपान्तरण यात्रामा अर्को महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको छ।सन् १९९५ मा इमेल सेवाबाट आफ्नो यात्रा प्रारम्भ गरेको वर्ल्डलिंकले विगत तीन दशकभन्दा लामो अवधिमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकाससँगै निरन्तर आफूलाई परिष्कृत गर्दै आएको छ।