प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध
काठमाडौं : प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जनाएका छन्। बिहीबार बैठक सुरू हुनेवित्तिकै विपक्षी दलहरूका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन्।विरोध जारी राखेपछि सभामुख डोल प्रसाद अर्यालले प्रमुख विपक्षी दल नेपाली कांग्रेस सांसद बास्ना थापालाई आफ्नो भनाइ राख्न समयमा दिएका छन्।सांसद थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिको जवाफ कहिले आउँछ भन्दै प्रश्न गरिन्।
