SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

सुनसरी घटनामा आरेन राई : सरकार बेखबर भयो भन्दैमा हामी मुर्ख हुनु हुँदैन

काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले अरु विषयमा जिद्दी गर्नु ठिकै भए पनि राष्ट्रियताको सवालमा जिद्दी गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउन दुई महिनादेखि माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।उनले आज देशमा जताततै हिंसाको अवस्था रहेको भए पनि सरकार बेखबर रहेको बताएका छन् । सांसद राईले सरकार कहाँ छ भन्दै प्रश्न समेत गरेका छन् ।