सिंहदरबारमा सजाउन प्रधानमन्त्री पद बनाइएको होइन : पद्मा अर्याल
काठमाण्डु– नेकपा एमालेले सरकारले सुनसरीमा भएको दंगा नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति सुरक्षा र दंगा नियन्त्रणमा भन्दा पनि आफैँ त्रास सिर्जना गर्नतिर लागेको आरोप लगाएकी हुन् ।
