५ प्रदेशमा भारी वर्षा हुने, ३२ जिल्लामा बाढीको जोखिम
काठमाण्डु– देशका ३२ भन्दा बढी जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको बुलेटिन अनुसार ३२ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको हो।
