SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं : सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि दुवै पक्षबीच सहमति भएको हो। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुव्र्यवहार भएको थियो। सोही घटनाको विरोधमा संघको आह्वानमा देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको थियो।