SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

फ्रान्स र स्पेनपछि ग्रिसको जंगलमा भिषण डढेलो, दुई अग्निनियन्त्रकको मृत्यु

काठमाडौं : ग्रिसको क्रिट टापुस्थित रेथिम्नो क्षेत्रमा लागेको जंगलको डढेलो निभाउने क्रममा दुई जना अग्निनियन्त्रक (दमकलकर्मी) को मृत्यु भएको छ। डढेलोको घेरामा परेपछि उनीहरूको ज्यान गएको हो।तीव्र गतिमा चलेको हावाका कारण आगोको लपका झनै भड्किएपछि धेरै गाउँहरू खाली गराइएको छ। दक्षिण युरोपमा गर्मीयाममा जंगलमा डढेलो लाग्ने श्रृङ्खलामा यो अर्को ठूलो घटना हो। दक्षिणी टर्कीको मुग्ला प्रान्तमा लागेको डढेलोका कारण फेथियेबाट अन्ताल्या जोड्ने मुख्य राजमार्ग बन्द गर्नुपरेको छ।