दंगा बलले होइन, भाइचाराले मेटिन्छ
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार भडकएको दंगा तत्काल मत्थर हुनुको सट्टा त्यसले देशलाई नै अशान्त बनायो। ‘विविधतामा एकता, नेपालीको विशेषता’ भन्दै आइएको मुलुकमा धार्मिक समूहहरूबीचको द्वन्द्व आफैंमा दुःखद् र विडम्बनायुक्त घटना हो। सानो मुलुक भए पनि नेपालमा झन्डै डेढ सय जातजातिको बसोबास छ। यो रंगीचंगी फूलबारीमा फरक जाति वा समूहबीच द्वन्द्व बिरलै देखा पर्ने गरेको थियो। हामी धार्मिक, जातीय र सांस्कृतिक सहिष्णुता कायम रहेकोमा गर्व पनि गर्दै आयौं।
