SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

श्रीमानको कुटपिटबाट डोटीमा श्रीमतीको ज्यान गयो

डोटी : डोटीमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको ज्यान गएको छ। जिल्लाको जोरायल गाउँपालिका–४ देउथला निवासी चन्द्रबहादुर वलीको कुटपिटबाट श्रीमतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार श्रीमान्‌को कुटपिटबाट ४७ वर्षीया श्रीमती अमृता वलीको मृत्यु भएको हो।