SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

कप्तानगञ्ज घटना : कोशी प्रदेश सरकारले मृतक परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार राहत दिने

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटना सम्बन्धमा कोशी प्रदेश सरकारले सर्वदलीय तथा सर्वपक्षीय बैठक गरी राहतसहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बुधबार बिराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारलाई २ लाख राहत उपलब्ध गराउने तथा घाइते र क्षति व्यहोरेका परिवारलाई जनही  ५० हजार राहत दिने निर्णय गरेको छ ।