SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं : विभिन्न मागहरू राख्दै लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा बुधवार पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन्।देशभरबाट आएका पीडितहरूले लघुवित्त संस्थाहरूबाट भइरहेको चर्को ब्याज असुलीविरुद्ध आवाज उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले आफ्ना मागहरु शीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।