SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सेयर बजार निरन्तर ओरालोतिर,कारोबार रकम पनि खुम्चिदै

काठमाडौं : सेयर बजार घट्नेक्रम आज पनि रोकिएन। अघिल्ला दुई कारोबार दिन मंगलबार र सोमबार घटेको नेप्से परिसूचक बुधबार पनि नकारात्मक बनेको हो। योसँगै नेप्से लगातार तेस्रो कारोबार दिन घटेको छ। यसदिन नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन मंगलबार  ४.६४ अंकले घटेको नेप्से परिसूचक सोमबार ३३.२८ अंकले घटेको थियो। सोमबार ६ अर्ब ८ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४२ करोडको कारोबार भएको थियो।