SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

नेपालमा पाटेबाघको संख्या बढ्यो, बाँकेमा दोब्बर, बर्दियामा घटे

गुलरिया : नेपालमा पाटेबाघको संख्या बढेको छ। पछिल्लो गणनाअनुसार ३५५ वटा रहेको पाटेबाघ २०८२ को सर्वेक्षणअनुसार ७४ वटा वृद्धि भएसँगै यसको संख्या ४२९ वटा पुगेको छ। गत वर्ष पुषको पहिलो सातादेखि सुरु गरिएको बाघ गणनाको अन्तिम नतिजा २९ जुलाई अर्थात् विश्व बाघ दिवसका अवसरमा बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको हो।