SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

७०० बिरुवाबाट समृद्धिको बीउ: रोटरीको फलवन अभियान

काभ्रेपलाञ्चोक। रोटरी क्लब अफ काठमाडौँ हाइटले वातावरण संरक्षण, खाद्य सुरक्षा र कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले नमोबुद्ध नगरपालिका–४ स्थित श्री जनक माध्यमिक विद्यालयमा ७०० जलवायु उत्थानशील तथा उच्च मूल्यका फलफूलका बिरुवा वितरण तथा वृक्षारोपण गरेको छ।