सुनसरी घटना : सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा के छ ? (पूर्णपाठ)
काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ। आज बिहान बसेको सर्वदलीय बैठकपश्चात रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमतका अध्यक्ष सिके राउत, जसपा नेपालका नेता प्रकाश अधिकारी लगायतले हस्ताक्षर गर्दै संयुक्त अपील जारी गरेका हुन्।
