बनाउँदै गरेको सेप्टी ट्यांकी भत्किदा बाँकेमा तीनजना मजदुरको मृत्यु
नेपालगन्ज : बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्केर च्यापिदा तीनजना मजदुरको मृत्यु भएको छ । बाँके कोहलपुर नपा –३ शान्ति टोलमा एकजना व्यक्तिको घरको आगनमा बनाउँदै गरेको ट्यांकीको रिङ भत्केर तीनजनाको ज्यान गएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिए।घटना बिहान ९ बजे तिर भएको हो।
