प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु
काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ सुरु भएको हो । यसअघि, काकीविरुद्ध परेको उजुरीका विषयमा छलफल भएको थियो । उनी विरुद्ध एउटा उजुरी परेको जनाइएको छ ।
