सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि सरकारले विशेष पहल जारी राखेको बताएका छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै उनले सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री बालेन शाहले पर्याप्त पहल लिइरहेको जानकारी गराएका हुन्।
