SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

सर्वदलीय बैठक प्रधानमन्त्रीबाटै आह्वान हुनु पर्थ्याे : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले दंगा र भीड नियन्त्रण गर्न सुरक्षाकर्मी किन असफल भइरहेको छ भन्ने विषय गम्भीर रहेको बताएका छन् ।सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय वैठकपछि बोल्दै महासचिव पोखरेलले मोरङ–सुनसरी क्षेत्रमा देखिएको अशान्तिको अवस्था नियन्त्रणका लागि प्रधानमन्त्री बालेन शाहले नै सर्वदलीय वैठक बोलाएर निकास खोज्नु पर्ने भए पनि रास्वपा सभापति सभापतिले भए पनि सक्रियता देखाउनु सराहनीय भएको बताएका छन् ।