SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

मागअनुसार आपूर्ति नहुँदा कोशीमा ग्यास संकट, अधिकांश डिलरका गोदाम रित्तिए

इटहरी। कोशी प्रदेशका प्रमुख शहर इटहरी, धरानलगायत क्षेत्रमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। उद्योगबाट मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा अधिकांश डिलर र विक्रेताका गोदाम खाली भएका छन् भने उपभोक्ता खाली सिलिन्डर बोकेर डिलर–डिपो धाउन बाध्य भएका छन्।