SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

डाक्टरको हडतालले उपचार नपाई फर्किँदै बिरामी

काठमाडौं/वीरगन्ज : मुलुककै ठूलो वीर अस्पतालको बहिरंग (ओपीडी) विभागमा उपचार गर्न पुगेका बिरामीमध्ये ३ सय ६० जना भाग्यमानी ठहरिए। टोकन प्राप्त बिरामीले उपचार पाए, बाँकी बिरामी फर्किन बाध्य भए।उपचारको आसमा अस्पताल पुगेका बिरामीहरू टोकन नपाउँदा रिसाउँदै फर्किए। वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, ‘टोकन लिइसकेका बिरामीको इमर्जेन्सी र डाक्टरलाई अनुरोध गरेर उपचार प्रबन्ध मिलाइयो। टिकट काउन्टर बन्द हुँदा ओपीडी बन्द भयो। उपचार गर्न नपाएका बिरामी फर्किए।