SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्किँदा एक जना घाइते

अर्घाखाँची : मालारानी गाउँपालिका –०६ साकिन्धारामा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब १:३० बजे आफ्नै बारिमा बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्कादा ३० वर्षीय विष्णु थापा घाइते भएका हुन् । लोड गरिएको बोकेर हिँड्ने क्रममा चिप्लिँदा बन्दुक अचानक पड्किँदा उनको दायाँ हातको पञ्जामा चोट लागेको हो ।घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ ।