SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०२:२९ AM · 1 मिनेट पढाइ

ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौँ । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन नौ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैङ्कले रु एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैङ्कबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।