सुनसरी घटना : सरकारले उपस्थिति देखाएपनि पुग्दो नभएको प्रधानमन्त्री बालेनले गरे स्वीकार
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनामा सुरुवातदेखि नै सरकारले उपस्थिति देखाएपनि पुग्दो नभएको स्वीकार गरेका छन। गएराति सामाजिक सञ्जालमा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै उनले यो घटनाबाट पाठ सिकेर फेरि दोहोर्याउन नदिन सरकारले आवश्यक निर्णय गरिरहेको बताएका हुन्। ‘मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन। तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो। समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो।
