SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

सुनसरी घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ। रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो।बैठक लेखा समितिको सभाहलमा हुने महामन्त्री आचार्यले बताए। सुनसरी घटनापछि विकसित घटनाका क्रमका बारेमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्। लामिछानेले सबै दलका नेताहरूलाई आफैं फोन गरेर निमन्त्रणा गरिएको महामन्त्री आचार्यले बताए।