देवानगञ्ज घटनाप्रति रवि गम्भीर, गृहमन्त्री गुरुङलाई निवासमै बोलावट
काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने गम्भीर बनेका छन् । पार्टीको तर्फबाट मंगलबार दिउँसो आफैँ प्रेस विज्ञप्ति जारी गरेका सभापति रविले साँझ गृहमन्त्री सुधन गुरुङलाई आफ्नै निवासमा बोलाएका छन् ।
