SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ ०३:२१ PM · 1 मिनेट पढाइ

७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान

चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाएकी छन् । उनको बहादुरीको चौतर्फी प्रशंसा भइरहे पनि उनले भने कुनै प्रचार वा सम्मानको अपेक्षा नगरी चुपचाप घटनास्थल छाडेकी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घटना यसै महिनाको सुरुवाततिर भएको हो ।