सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कर्फ्यूकाबीच प्रदर्शन
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर आइतबार राती नै २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि मंगलबार पनि दिनभर कोशी प्रदेशका विभिन्न स्थानमा विरोध प्रदर्शन, सडक अवरोध र तनावपूर्ण अवस्था देखिएको छ । घटनाको प्रभाव सुनसरी, मोरङ हुँदै मधेश प्रदेशसम्म फैलिएको छ ।
