SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

भारतीय अनुदानको एक थान एम्बुलेन्स निजी रूपमा चलाएको आरोपमा पूर्व वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भारतीय दूतावासबाट निःशुल्क प्राप्त एक थान एम्बुलेन्स वडा कार्यालयमा आम्दानी नबाँधी निजी सरह सञ्चालन गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।