सुनसरी घटनाबारे रवि लामिछानेः ‘संवेदनशील घटनालाई राजनीतिकरण नगरौं’
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आज विज्ञप्ति जारी गर्दै यस घटनाले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ।
