SHARE
कालिका खबर · मङगलबार १२ साउन २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल वडा नं. १ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीका अनुसार मिश्रलाई आइतबार काठमाडौं ताहाचलबाट र हाकिमलाई सोमबार वीरगञ्जबाट पक्राउ गरिएको हो।