नेप्सेको सीईओका लागि आवेदन माग
काठमाडौं, १२ साउन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन मागेको छ । अर्थ मन्त्रालयले सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको हो । इच्छुक उम्मेदवारले साउन २६ गते कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउनुपर्नेछ ।
