SHARE
कालिका खबर · मङगलबार १२ साउन २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

प्रोग्रेशिभ फाइनान्सको २ लाख १८ हजार संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक समूहअन्तर्गत रहेको उक्त सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो । कम्पनीका अनुसार बिक्रीमा राखिएको सेयरमा प्रारम्भिक चरणमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष आवश्यक प्रक्रिया पूरा गरी आवेदन बुझाउनुपर्नेछ ।